प्रचण्ड सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै, सिंहदरबार पुगे प्रधानमन्त्री र मन्त्रीहरू

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण
प्रचण्ड सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै, सिंहदरबार पुगे प्रधानमन्त्री र मन्त्रीहरू

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्दै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : संजित परियार/नयाँ पत्रिका

प्रचण्ड नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु हुन लागेको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकका लागि प्रधानमन्त्री प्रचण्ड र अन्य मन्त्रीहरू पुगेका छन्। 

प्रचण्ड नेतृत्वको नयाँ सरकारले गर्ने पहिलो निर्णयलाई धेरैले चासोका साथ हेरिरहेका छन्। आज गठन गरिएको आठ सदस्यीय मन्त्रिपरिषदमा तीनजना उपप्रधानमन्त्री छन्। 

उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने नियुक्त भएका छन्। 

यस्तै, चारजना विनाविभागीय मन्त्रीले पनि आजै शपथ ग्रहण गरेका छन् । एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्रकुमार राई मन्त्री बनेका छन्। यस्तै, जनमत पार्टीबाट अब्दुल खान पनि सरकारमा सहभागी भएका छन्। उनीहरूको मन्त्रालय भने टुंगिन बाँकी छ।

सुझावित समाचार