परिस्थितिको सूक्ष्म अध्ययनपछि कदम चाल्ने एकीकृत समाजवादीको निर्णय

आइतबार, १० पुष, २०७९
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीले एक्कासि विकसित मुलुकको राजनीतिक परिस्थितिको अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको छ। 

एकीकृत समाजवादीको आज बसेको केन्द्रीय सचिवालयको बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक छलफल गरी उक्त निर्णय गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए। 

बैठकले कांग्रेस सभापति शेरबहादुर देउवाले आलोपालो प्रधानमन्त्री बन्ने पूर्वसहमति तोडेर अहंकार देखाएपछि गठबन्धन भत्किएको निष्कर्ष निकालेको थियो। 

सुझावित समाचार