स्थिरताका लागि नयाँ गठबन्धनलाई समर्थन, सरकारमा जाने निर्णय भएको छैन : राप्रपा

आइतबार, १० पुष, २०७९
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजनीतिक स्थिरताका नयाँ सरकार गठनमा सहयोग गर्ने निर्णय गरेको छ। 

प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले राप्रपाले राजनीतिक स्थिरताका लागि नयाँ सरकार गठन निर्माणमा सहयोग गर्ने निर्णय भएको र सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे अर्को बैठकमा छलफल गर्ने निर्णय गरेको बताए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन हुने सरकारलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्तिलगायतका ७ पार्टीको समर्थन गरेका छन्।

सत्तागठबन्धनमा सहमति जुट्न नसकेपछि बालुवाटारमा बसेको आइतबार बिहानको बैठक छोडेर प्रचण्ड बालकोट हानिएका थिए। बालकोटमा भएको ७ दलीय छलफलपछि नयाँ गठबन्धनबाट नयाँ सरकार निर्माण गर्ने सहमति जुटेको हो। 

See More On

सुझावित समाचार