३ प्रश्न

शुक्रबार, ८ पुष, २०७९
डिजिटल संस्करण

राष्ट्रपतिबाट सरकार गठनको आह्वान भइसकेको अवस्थामा अब कस्तो सरकार बन्ने सम्भावना देख्नुहुन्छ ?
जस्तो संसद् छ त्यस्तै सरकार बन्ने हो । जस्ता पार्टी छन्, जस्ता नेता छन्, जस्ता सांसद चुनिएर आएका छन्, त्यस्तै सरकार बन्ने हो । नयाँ र आशालाग्दा अनुहार कुनै छैनन् । भए पनि तिनले मौका पाउने हैनन् । 

पुरानै अनुहार र पुरानै रेकर्ड भएका व्यक्तिबाट बन्ने सरकार कति नयाँ र आशालाग्दो होला र ? अहिलेको गठबन्धन आगामी पाँच वर्षसम्मै चल्न सक्ने सम्भावना कति छ ?
अहिलेको प्रणाली र निर्वाचन परिणामले हामीलाई गठबन्धनको विकल्प दिएको छैन । आगामी दिनमा सत्तारूढ गठबन्धनसँगै प्रतिपक्षी गठबन्धनको पनि स्थायित्व जरुरी छ । जतिखेर पनि सरकार फेरबदलमा लाग्ने, सरकार बनाउने र भत्काउनेबाहेक दल र संसद्को अर्को कामै देखिने गरेको छैन । यस्तो अवस्थामा सत्तापक्षसँगै विपक्षको पनि स्थायित्वको खाँचो हुन्छ । 

अब बन्ने सरकारले देश र जनतालाई सुशासन ‘डेलिभरी’ गर्न सक्ने सम्भावना कति देखिन्छ ? 
सम्भावना त हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ । तर, हाम्रो राजनीतिक वृत्तमा काम गर्ने संस्कार नै छैन । सुशासन डेलिभरीका लागि राजनीतिक अग्रसरता शून्यबराबर छ । त्यसैले, नियमित ‘रुटिन वर्क’ बाहेक ठुलो केही अपेक्षा गर्नु व्यर्थ हुनेछ । त्यही रुटिन वर्क गर्नकै लागि त किन चाहियो पटके प्रधानमन्त्री ? किन चाहियो पटके मन्त्री ?
 

सुझावित समाचार