दुईपटक राष्ट्रपति पद ‘अस्वीकार’ गरेको हुँ : माधव नेपाल

बिहिबार, ७ पुष, २०७९
डिजिटल संस्करण

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन्। 

बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। 

उनले ०६४ साल र ०७२ सालमा आफूलाई राष्ट्रपतिको लागि प्रस्ताव गर्दा आफूले नै अस्वीकार गरेको बताए। उनले त्यतिवेला उमेर नपुगेकाले आफूले अस्वीकार गरेको बताए। नेता नेपालले आगामी दिनमा राजनीतिले मागेको अवस्थालाई मध्यनजर गरेर आवश्यकताको पद लिने बताए। 

उनले भने, ‘हामीले छलफल प्रारम्भ गरेकै छैनौँ। यो गठबन्धन कायम रहन्छ, पावर सेयरिङ सिद्धान्तको आधारमा परिस्थितिले माग गरेबमोजिम हुनेछ। राष्ट्रपति बन्ने आकांक्षा भएको भए ०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रस्ताव भएको थियो । ०७२ मा पार्टीबाट नै प्रस्ताव भएको थियो। मैले अस्वीकार गरेको हो। त्यतिवेला मैले मेरो उमेर पुगेको छैन भनेको हो।’

अध्यक्ष नेपालले आवश्यक परेको खण्डमा सबै पदका लागि आफू तयार रहेको पनि बताए। 

सुझावित समाचार