दि नेपाल डिस्टिलरिजले ४० युपी सेगमेन्टको मदिरा उत्पादन सुरु गरेको छ । लामो समयदेखि २५ युपी र ३० युपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० युपीको नयाँ उत्पादन ‘कर्दा ट्रिप्पल एक्स’ बजारमा ल्याएको हो ।
यो ४० युपी सेगमेन्टमा नेपाली बजारमा उपलब्धमध्येकै स्तरीय मदिरा रहेको कम्पनीका महाप्रबन्धक शुभाष लामिछानेले जानकारी दिए । उनका अनुसार ग्राहकको यो सेगमेन्टका मदिराप्रति पछिल्लो समय बढेको आकर्षणलाई सम्बोधन गर्दै कम्पनीले यो मदिरा बजारमा ल्याएको हो । यसमा अल्कोहलको मात्रा २५ र ३० युपीको मदिरामा भन्दा कम हुने उल्लेख छ ।
रम फ्लेबरको यो मदिरा तातोपानी वा कोलासँग मिसाएर खान मिल्ने कम्पनीले जनाएको छ । कर्दा ७५० एमएल, ३७५ र १८० एमएलको प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाइएको छ ।