प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राप्रपाका पूर्वअध्यक्ष राणालाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्यको शपथ गराएकी हुन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की उपस्थित थिए ।
यस्तै, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायत पनि उपस्थित थिए ।
राणाले अब प्रतिनिधिसभाका अन्य सदस्यलाई भोलि शपथग्रहण गराउनेछन् ।