कुन विश्वकपमा कति गोल?

सोमबार, ४ पुष, २०७९
डिजिटल संस्करण

मध्यपूर्वी एसियामा पहिलोपटक आयोजना भएको २२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबार राति समाप्त भएको छ । एक महिनासम्म चलेको विश्वकपमा ३२ टोलीले सहभागिता जनाएका थिए । अर्जेन्टिनाले कीर्तिमानी रूपमा तीनपटक विश्वकप उपाधि उचाल्यो ।

कतारले पहिलोपटक आयोजना गरेको विश्वकप नै ३२ राष्ट्रबीच भएको अन्तिम प्रतियोगिता बन्यो ।  फिफाले सन् २०२६ को संस्करणमा ४८ टोलीबीच प्रतिस्पर्धा हुने घोषणा गरिसकेको छ । चार वर्षपछि अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा विश्वकप प्रतियोगिता आयोजना गर्दै छन् । यसकारण ३२ राष्ट्रबीचको भिडन्त भएको कतार विश्वकप सबैले सम्झिनेछन् ।

फिफाले फुटबलका मध्यमबाट सबै महादेशका फुटबल राष्ट्रबीच सद्भाव, भाइचारा र विकास गर्ने उद्देश्यका साथ सन् १९३० मा विश्वकपको अवधारणा ल्यायो । उरुग्वे विश्वकप इतिहासकै पहिलो आयोजक राष्ट्र बन्यो ।  

उरुग्वे नै विश्वकपको ट्रफी उचाल्ने पहिलो राष्ट्र बन्यो । फुटबलको रमाइलो पक्ष नै गोल गर्नु हो । गोलविहीन खेल निराश मान्नुपर्छ । पछिल्लो समय आक्रामक खेल रणनीति अपनाएका कारण स्कोर भइरहेको छ ।

यद्यपि, कतार विश्वकपमा कमै खेल मात्र गोलरहित बराबरी भए । सन् १९५४ को विश्वकप स्कोरिङको रूपमा अहिलेसम्मकै सफल थियो । यस विश्वकपमा २६ खेलमा एक सय ४० गोल भए ।

प्रतिखेल गोल औसत ५.३८ रह्यो । विश्वकपको तथ्यांकअनुसार सन् १९९० मा सबैभन्दा कम गोल भएको थियो । इटालीमा भएको विश्वकपमा ५२ खेलमा केवल एक सय १५ गोल मात्र भएको थियो । प्रतिखेल औसत २.२१ रहेको थियो । 

सन् १९३० (उरुग्वे) : गोल  ७०, खेल १८
(समूह चरण १५ खेल, नकआउट ३ खेल)
गोल औसत प्रतिखेल : ३.८९

सन् १९३४ (इटाली) : गोल  ७०, खेल १७
(समूह चरण १५ खेल, एक तेस्रो स्थान, एक रिप्ले)
गोल औसत प्रतिखेल : ४.६७

सन् १९३८ (फ्रान्स) : गोल  ८४, खेल १८ 
(१४ नकआउट, एक तेस्रो स्थान प्ले अफ, ३ रिप्ले)
गोल औसत प्रतिखेल : ३.५६

सन् १९५० (ब्राजिल) : गोल  ८८, खेल २२ 
(२२ समूह चरणका खेल)
गोल औसत प्रतिखेल : ४

सन् १९५४ (स्विट्जरल्यान्ड) : गोल  १४०, खेल २६ 
(१६ समूह चरणका खेल, ७ नकआउट, एक तेस्रो स्थान, दुई प्ले अफ )
गोल औसत प्रतिखेल : ५.३८

सन् १९५८ (स्विडेन) : गोल १२६, खेल ३५ 
(२४ समूह चरण खेल, ७ नकआउट, एक तेस्रो स्थान, ३ प्ले अफ)
गोल औसत प्रतिखेल : ३.६

सन् १९६२ (चिली) : गोल ८९, खेल ३२ 
(२४ समूह चरण खेल, सात नकआउट, एक तेस्रो स्थान)
गोल औसत प्रतिखेल : २.७८

सन् १९६६ (इंग्ल्यान्ड) : गोल ८९, खेल ३२
(२४ समूह चरण खेल, ७ नकआउट, एक तेस्रो स्थान)
गोल औसत प्रतिखेल : २.७८ 

सन् १९७० (मेक्सिको) : गोल ९५, खेल ३२
(२४ नकआउट चरण, ७ नकआउट, एक प्ले अफ )
गोल औसत प्रतिखेल : २.९७

सन् १९७४ (जर्मनी) : गोल ९७, खेल ३८
(३६ समूह चरण खेल, १ फाइनल, १ तेस्रो स्थान)
गोल औसत प्रतिखेल : २.५५

सन् १९७८ (अर्जेन्टिना) : १०२ गोल, ३८ खेल
(३६ समूह चरण खेल, १ फाइनल, १ तेस्रो स्थान)
गोल औसत प्रतिखेल : २.८१

सन् १९८२ (स्पेन) : गोल १४६, खेल ५२
(४८ समूह चरण खेल, ३ नकआउट, १ तेस्रो स्थान)
गोल औसत प्रतिखेल : २.८१

सन् १९८६ (मेक्सिको) : गोल १३२, खेल ५२
(३६ समूह चरण खेल, १५ नकआउट, १ तेस्रो स्थान)
गोल औसत प्रतिखेल : २.५४

सन् १९९० (इटाली) : गोल ११५, खेल ५२
(३६ समूह चरण खेल, १५ नकआउट,  १ तेस्रो स्थान)
गोल औसत प्रतिखेल : २.२१

सन् १९९४ (अमेरिका) : गोल १४१, खेल ५२
(३६ समूह चरण खेल, १५ नकआउट, १ तेस्रो स्थान)
गोल औसत प्रतिखेल : २.७१

सन् १९९८ (फ्रान्स) : गोल १७१, खेल ६४
(४८ समूह चरण खेल, १५ नकआउट, १ तेस्रो स्थान)
गोल औसत प्रतिखेल : २.६७

सन् २००२ (द. कोरिया, जापान) : गोल १६१, खेल ६४
(४८ समूह चरण खेल, १५ नकआउट, १ तेस्रो स्थान)
गोल औसत प्रतिखेल : २.५२

सन् २००६ (जर्मनी) : गोल १४७, खेल ६४
(४८ समूह चरण खेल, १५ नकआउट, १ तेस्रो स्थान)
गोल औसत प्रतिखेल : २.३

सन् २०१० (द. अफ्रिका) : गोल १४५, खेल ६४
(४८ समूह चरण खेल, १५ नकआउट,  १ तेस्रो स्थान)
गोल औसत प्रतिखेल : २.२७

सन् २०१४ (ब्राजिल) : गोल १७१, खेल ६४
(४८ समूह चरण खेल, १५ नकआउट, १ तेस्रो स्थान)
गोल औसत प्रतिखेल : २.६७

सन् २०१८ (रसिया ) : गोल १६९, खेल ६४
(४८ समूह चरण खेल, १५ नकआउट, १ तेस्रो स्थान)
गोल औसत प्रतिखेल : २.६४

सन् २०२२ (कतार) : गोल १७२, खेल ६४
(४८ समूह चरण खेल, १५ नकआउट, १ तेस्रो स्थान)
गोल औसत प्रतिखेल : २.६९

See More On

सुझावित समाचार