स्थानीय तहका अधिकारीले बिदा बस्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने

आइतबार, ३ पुष, २०७९
डिजिटल संस्करण

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने  भएको छ। जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बिदामा बस्दा अनिवार्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट  स्वीकृति गराउनुपर्ने भएको हो।

जानकारीविना कार्यक्षेत्र छाडेर जाँदा सेवा प्रवाहमा समस्या देखिएकाले अबदेखि मन्त्रालयको स्वीकृतिबेगर बिदा पनि बस्न नपाइने मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख रवीन्द्रजंग थापाले बताए। अधिकारीले आफूखुसी कार्यालय छाडेर बाहिर जाने गरेको गुनासो आएकाले जानकारीविना कार्यालय छाडेर नजानसमेत उनीहरूलाई निर्देशन दिइएको छ। 

मन्त्रालयले ७७ जिल्ला समन्वय समिति र सात सय ५३ वटै स्थानीय तहलाई पत्र पठाई अबउप्रान्त मन्त्रालयको पूर्वस्वीकृतिविना जिल्ला र कार्यक्षेत्र नछाड्न पनि निर्देशनमा उल्लेख गरेको छ। रासस

सुझावित समाचार