किर्ते आरोपमा मटिहानीका मान महन्थ पक्राउ

आइतबार, ३ पुष, २०७९
डिजिटल संस्करण

लक्ष्मीनारायण मठ मटिहानीका मान महन्थ जग्गनाथ दास वैष्णव किर्ते आरोपमा पक्राउ परेका छन्। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नक्कली हस्ताक्षर गरी रोक्का रहेको खाता फुकुवा गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

उनीमाथि अहिले अनुसन्धान भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले बताए। महन्थले रुपन्देहीस्थित मेगा बैंकमा रोक्का रहेको खाताको फुकुवा कागज बनाई खातामा रहेको ७० लाख ८२ हजार पाँच सय १० रुपैयाँ ३५ पैसा जनकपुरका श्रवण यादवको खातामा जम्मा गरेको देखिएकाले उनलाई अनुसन्धानका लागि आइतबार बिहान पक्राउ गरी रुपन्देही पठाइएको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए।

सुझावित समाचार