कांग्रेसका दर्जन केन्द्रीय सदस्यले मागे केन्द्रीय समिति बैठक

शनिबार, २ पुष, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका करिब एक दर्जन केन्द्रीय सदस्यको बैठकले पार्टी सुदृढीकरणका लागि छलफल गरेको छ । ललितपुरको एक होटलमा केन्द्रीय सदस्य, मीन विश्वकर्मा, नैनसिंह महर, मदन अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानु बास्तोला, सरस्वती अर्याल अबदुल मियाँ लगायत सहभागी थिए।

संकटग्रस्त अर्थतन्त्र र चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठकको माग गर्न बैठकले निष्कर्ष निकालेको विश्वकर्माले बताए ।प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिना भइसक्दा पनि कांग्रेसले चुनावी समीक्षा समेत गरेको छैन । केन्द्रीय सदस्यहरुले संस्थापन पक्षभित्र केही नेताहरूको मनोपोली चलेकोमा चिन्ता व्यक्त गरेका थिए ।

संस्थापक पक्षभित्र भइरहेको पक्षपाती व्यवहारबारे सभापति शेरबहादुर देउवालाई भेटेर उनीहरूले ध्यानाकर्षण गराउने भएका छन् ।  केन्द्रीय समितिमा मोर्चाबन्दी गरेर दबाब बढाउने उनीहरूको तयारी छ । विश्वकर्माले छलफललाई आगामी दिनमा अगाडि बढाउने बताए ।
 

सुझावित समाचार