व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले वार्षिक विन्टर छुट योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना विभिन्न उत्पादनमा ७० प्रतिशतसम्म छुट घोषणा गरेको हो ।
पुस १६ सम्म चल्ने अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म तथा नयाँ कलेक्सनमा पनि १५ प्रतिशतको विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको उल्लेख छ ।
सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पन्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन रहेको कम्पनीले जनाएको छ ।
उपत्यकामा ठमेलको क्वाबहाल, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडीबुटीको जडीबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतलीलाइन, नाम्चे, पोखराको लेकसाइड र न्युरोडमा साथै बुटवलमा पनि सोनामका सोरुम सञ्चालनमा आइसकेको जनाइएको छ ।