नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीमार्फत जुवा तथा बाजीलगायतका कार्यमा संलग्न हुनेहरूको बैंक खाता र मोबाइल वालेटलगायतका कारोबार रोक्का गर्ने चेतावनी दिएको छ ।
बुधबार राष्ट्र बैंकले सूचना जारी गरेर यस्ता कार्यहरू गैरकानुनी भएको भन्दै यस्ता प्रकृतिका कारोबारमा सहभागी नहुन सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।
राष्ट्र बैंकले बैंकबाट इजाजत/अनुमतिप्राप्त संस्थाहरूले जुवा तथा बाजीजन्य गैरकानुनी कार्यहरूको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ, मोबाइल वालेटलगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ ।
