आफ्नो सरकारले गर्व गर्न लायक काम गरेको मुख्यमन्त्री केसीको दाबी

मंगलबार, २७ मंसिर, २०७९
डिजिटल संस्करण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको दाबी गरेका छन्। लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियास्थित मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्।

मुख्यमन्त्री केसीले प्रदेशको राजधानी सार्ने अघिल्लो प्रदेश सरकारको निर्णय कार्यान्वयन गर्न आफू सफल भएको बताए। आफू नेतृत्वको प्रदेश सरकारले प्रदेशभित्र रहेका सबै जिल्लालाई जोड्ने गरी १३ सय किलोमिटर पहाडी मार्ग सम्पन्न गरेको, लुम्बिनी प्रादेशिक विशेषज्ञ अस्पताल तथा लुम्बिनी प्रादेशिक विश्वविद्यालय स्थापना गरेर संघीय शासन व्यवस्थालाई बलियो बनाउने दायित्व पूरा गरेको जिकिर गरे।

मुख्यमन्त्री केसीले प्रदेश सभा भवन निर्माणको काम पनि सकिएको र आगामी प्रदेश सभाको बैठक पनि देउखुरीमा गरिने स्पष्ट पारे। उनले केही दिनभित्रै मन्त्रालयहरूका सबै काम पनि राजधानी देउखुरीबाटै हुने बताए।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी सबैलाई पायक पर्ने भएकाले दाङको देउखुरीलाई चयन गरिएको पटकपटक दोहोर्याएका थिए।

सुझावित समाचार