राजनीतिक आन्दोलनको आवरणमा गम्भीर प्रकृतिका मुद्दा पनि फिर्ता लिन सक्ने गरी सरकारले अघि बढाएको अध्यादेशको चौतर्फी आलोचना भइरहेको वेला एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले खबरदारी गरेको छ ।
अनेरास्ववियु त्रिचन्द्र क्याम्पसमा आबद्ध विद्यार्थीले अध्यादेश फिर्ता लिन माग गर्दै खबरदारी गरेका हुन् । प्लेकार्डसहित सडकमा उत्रिएका विद्यार्थीले गठे सरकार बनाउन परमादेश, अपराधी छुटाउन अध्यादेश, राजनीतिमा अपराधीकरण र अपराधको राजनीति गर्न बन्द गरौँलगायतका नारा लगाएका थिए । त्रिचन्द्र क्याम्पसपरिसरमा देखिएका केही दृश्य :








