निष्क्रिय भयो निर्वाचन आचारसंहिता

सोमबार, २६ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ आजदेखि निष्क्रिय भएको छ। 

यही ४ मंसिरमा सम्पन्न निर्वाचनका लागि जारी आचारसंहिता आजदेखि लागू नरहने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ। 

आयोगले आचारसंहिता लागू नरहेको निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा गराएको छ। निर्वाचन आचारसंहिता, २०७९ गत असोज १२ देखि आचारसंहिता मुलुकभर लागू गरिएको थियो। 

सुझावित समाचार