दोहोरो अंकले बढ्यो नेप्से

सोमबार, २६ मंसिर, २०७९
डिजिटल संस्करण

आइतबार ३२ अंकले ओरालो लागेको सेयर बजार आज दोहोरो अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९७ अंकले बढेर एक हजार नौ सय दुई दशमलव २८ बिन्दुमा पुगेको छ।

आज बैंकिङबाहेक अरू सबै समूहको सेयर बढेको छ । आज दुई सय ४५ वटा कम्पनीको ४४ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३६ करोड ६० लाख रुपैयाँबराबरको कारोबार भएको छ।

आज सिवाइसी नेपाल लघुवित्त र समिट लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ भने नेपाल दूरसञ्चार कम्पनीको सेयर साढे सात प्रतिशतले बढेको छ। 

सुझावित समाचार