‘नबिल एसएसई’को पहिलो ब्याचका २५ जनाले पाए प्रमाणपत्र

सोमबार, २६ मंसिर, २०७९
डिजिटल संस्करण

सातै प्रदेशमा नबिलको सामाजिक उद्यमशीलता विकास कार्यक्रम

नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम ‘नबिल एसएसई’को पहिलो ब्याचलाई प्रमाणपत्र वितरण गरिएको छ । ललितपुरको क्याम्पियन कलेजमा विशेष कार्यक्रम आयोजना गरी नबिल एसएसईका पहिलो ब्याचका विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो । 

बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघिल्लो वर्षदेखि ‘नबिल स्कुल अफ सोसियल इन्ट्रप्रेनरसिप (नबिल एसएसई)’ कार्यक्रम सुरु गरेको हो । नबिल एसएसईअन्तर्गत सातै प्रदेशका युवाहरूलाई उद्यमशीलता विकासका लागि तीनमहिने कोर्स प्रदान गर्छ । यसका लागि बैंकले सातै प्रदेशका विभिन्न कलेजहरूसँग सम्झौतासमेत गरेको छ । 

नबिल एसएसईले बागमती प्रदेशअन्तर्गत क्याम्पियन कलेजका २५ जना विद्यार्थीलाई दिएको कोर्स सम्पन्न भएको हो । नबिल बैंकका उपाध्यक्ष निर्वाण चौधरीले कोर्स लिएका विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे । उक्त अवसरमा उपाध्यक्ष चौधरीले युवाहरू रोजगारीका लागि विदेश जाने संख्या बढिरहेको उल्लेख गर्दै ‘नबिल एसएसई’जस्ता कार्यक्रमले उद्यमशीलता विकास गर्ने र युवालाई स्वदेशमै काम गर्न उत्प्रेरणा तथा अवसर दिलाउने बताए । नबिलले सातै प्रदेशमा ‘नबिल एसएसई’ कार्यक्रम अघि बढाएको बताउँदै यसबाट युवाहरूमा उद्यमशीलता विकास गर्न तथा उनीहरूलाई उद्यमी बन्न प्रोत्साहन गर्ने बताए । 

उक्त अवसरमा नबिलका नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले नबिल बैंक देशमा उद्यमशीलताका विकासका लागि सधैँ अग्रसर हुने बताए । सातै प्रदेशमा कलेज नै छनोट गरेर अघि बढाइएको नबिल एसएसईले युवाहरूलाई उद्यमशीलताप्रति उत्सुक र उत्साहित बनाउन सहयोग गर्ने उनको भनाइ थियो । युवाहरूको क्षमता तथा दक्षता अभिवृद्धिका लागि नबिलले तालिम तथा प्रशिक्षण, वित्तीय सहायता र वित्तीय साक्षरता प्रदान गर्न तत्पर रहेको उनले बताए । 

कार्यक्रममा क्याम्पियन कलेजकी प्रधानाध्यापक अनामिका श्रीवास्तवले बैंकले नबिल एसएसई कार्यक्रमका लागि क्याम्पियन कलेजलाई छनोट गरेर विद्यार्थीलाई कोर्स दिएकोमा धन्यवाद दिइन् । यस कार्यक्रमले युवाहरूलाई उद्यमशीलताबारे जानकारी दिने मात्रै नभई उद्यमी बन्न प्रेरितसमेत गर्ने उनले बताइन् । 

समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक, सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ । 

सुझावित समाचार