सेयर बजारमा ३२ अंकको गिरावट

आइतबार, २५ मंसिर, २०७९
डिजिटल संस्करण

हप्ताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार उच्च अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ९७ अंकले घटेर एक हजार आठ सय ८५ दशमलव ३१ बिन्दुमा झरेको छ।

आज सबै समूहको सेयर घटेको छ। यसमा पनि बिमा, माइक्रोफाइनान्स, विकास बैंक र अन्य समूहको सेयर उच्च अंकले ओरालो लागेको छ। 

आज दुई सय ५३ वटा कम्पनीको ३५ लाख १२ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब १० करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ९३ लाख र नबिल बैंकको सात करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

यस दिन सबैभन्दा धेरै नदीप लघुवित्तको सेयर १० प्रतिशत र पाँचथर पावर कम्पनीको सेयर सात प्रतिशतले घटेको छ। तर, समग्रमा बजार ओरालो लाग्दा सिवाइसी नेपाल लघुवित्त र समिट लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ। 

सुझावित समाचार