बोस्टन कलेजका १४२ विद्यार्थी दीक्षित

आइतबार, २५ मंसिर, २०७९
डिजिटल संस्करण

भरतपुरस्थित चितवन मिड टाउन (सिएमटी) रिसोर्टमा शनिबार दिउँसो पञ्चेबाजा घन्किँदै थियो। पञ्चेबाजाको अघिल्तिर कोही सुस्त–सुस्त नाच्दै थिए। 

होटेलको यो दृश्य निकै रोचक देखिन्थ्यो। कुनै विवाहको जस्तो देखिने त्यो दृश्य भरतपुरको बोस्टन इन्टरनेसनल कलेजले स्नातक तहमा अध्ययन पूरा गरेका विद्यार्थीको दीक्षान्त समारोहको थियो। विद्यार्थीसँगै उनीहरूका आफन्त र अभिभावक पनि समारोहमा सहभागी थिए।

कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले लोप हुँदै गएको संस्कृतिलाई प्रोत्साहन गर्न तथा कलेजबाट बिदा हुँदै जाँदा विद्यार्थीले आफ्नो मौलिकता नभुलून् भन्ने हेतुले समारोहमा केही फरक तरिका अपनाइएको बताए।

बोस्टन कलेजको स्नातक कार्यक्रम हेर्दै आएका एसोसिएट डाइरेक्टर पुष्पराज अधिकारीका अनुसार स्नातकतर्फ बिबिए, बिबिए–बिआई र बिसिआइएस कार्यक्रमअन्तर्गत शैक्षिक सत्र २०१७ को ब्याचका १४२ विद्यार्थीलाई दीक्षित गरिएको हो। कलेजको लागि यो नवाैँ ब्याच हो। कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक वर्ष एक करोड रुपैयाँको उद्यमशीलता विकासका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा पनि गरेको छ ।

सुझावित समाचार