संसदीय दलका नेता चुनिएपछि मात्रै सरकार गठनबारे छलफल हुन्छ : प्रचण्ड

शनिबार, २४ मंसिर, २०७९
डिजिटल संस्करण
संसदीय दलका नेता चुनिएपछि मात्रै सरकार गठनबारे छलफल हुन्छ : प्रचण्ड

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीहरूले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्। निर्वाचनको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेस गरेपछि दलहरूले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु हुने उल्लेख गर्दै उनले त्यसपछि मात्रै सरकार गठनबारे छलफल हुने बताए।

अध्यक्ष दाहालले भने, ‘अब निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमा निर्वाचितहरूको लिस्ट बुझाएपछि, संसदीय दलको नेता चुनिएपछि मात्रै सरकारबारे छलफल हुन्छ।’

See More On

सुझावित समाचार