दुर्गमका कलिला बालबालिकामा चिसोको कहर (भिडियो रिपोर्ट)

बिहिबार, २२ मंसिर, २०७९
डिजिटल संस्करण

हिउँद लागेसँगै हुम्लामा चिसो बढेकाले जाडो छल्न विद्यार्थीलाई खुला चौरमा पढाउन थालिएको छ। तर, दिउँसो बहने स्याँठले खुला चौरमा कलिला बालबालिका कठ्यांग्रिने गरेका छन्

रिपोर्टिङको क्रममा नयाँ पत्रिकाकर्मी नरजन तामाङ हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाको मुचुमा रहेको खासरपानी आधारभूत विद्यालय पुग्दा विद्यार्थीहरू प्रांगणमा थिए। दुईजना शिक्षक छुट्टाछुट्टै समूहमा रहेका विद्यार्थीहरूलाई पढाइरहेका थिए। तर, विद्यार्थीहरू चिसोले कठ्यांग्रिएका देखिन्थे। 

चिसो बढ्दै जाँदा विद्यालय आउने विद्यार्थीहरूको संख्या पनि कम हुन थालेको छ। विद्यालयका प्रधानाध्यापक हर्कबहादुर बोहराका अनुसार कक्षाकोठाभित्र बालबालिका राखेर पढाउन सकिने अवस्था छैन। बाहिर पनि न्यानो छैन। तर, बाध्यताले विद्यालयले दोस्रो विकल्प अपनाएको छ। र, विद्यार्थीलाई खुला चौरमा ल्याएको छ। 

मुचुबाट नरजन तामाङको रिपोर्ट...

सुझावित समाचार