एइसिसी नेपालले नेपालका प्रमुख सहरहरू काठमाडौं, चितवन र पोखरामा ‘निःशुल्क इन–हाउस अस्ट्रेलिया एडमिसन एसेस्मेन्ट डे’ सञ्चालन गर्ने भएको छ । एइसिसीले अस्ट्रेलियमा अध्ययन गर्न चाहनेका लागि तयारी कक्षामा छुटको अफरसहित कार्यक्रम ल्याएको हो ।
मंसिर २१ देखि २३ सम्म हुने कार्यक्रम बिहान ११ः३० देखि ३ः३० सम्म आयोजना हुने जनाइएको छ । कार्यक्रममा अस्ट्रेलियाका १७ उत्कृष्ट विश्वविद्यालयहरू–पाठ्यक्रम प्रदायकका साथै आइइएलटिएस–टोफल तथा विभिन्न ‘क’ वर्गका नेपाली बैंकहरू उपस्थित हुने उल्लेख छ ।
कार्यक्रममा सहभागी हुने सबै विद्यार्थीलाई निःशुल्क परामर्श, छात्रवृत्ति मूल्यांकन, अस्ट्रेलिया भिसाका लागि हालसालै घोषणा भएका वित्तीय कागजात आवश्यकताबारे जानकारीका साथै कार्यक्रममा भाग लिने विद्यार्थीलाई तयारी कक्षामा तीन हजार पाँच सय रुपैयाँ छुटको व्यवस्था गरिएको एइसिसीले जनाएको छ ।
अस्ट्रेलियामा विद्यार्थी भिसाका लागि बर्सेनि ५० हजारभन्दा बढी नेपाली विद्यार्थीले आवेदन दिने गरे पनि त्यहाँको गृह विभागले कर क्लियरेन्स कागजात र थप जानकारीको पारदर्शिताबारे नयाँ नीति सार्वजनिक गरेपछि पछिल्ला दिनहरूमा अस्ट्रेलियाको स्टडी भिसाबारे धेरै भ्रम पैदा भएको जनाइएको छ । यी विषयमा स्पष्ट गर्नका लागि कार्यक्रम आयोजना गर्न लागेको एइसिसी नेपालले जनाएको छ । कार्यक्रम काठमाडौंको डिल्लीबजार, चितवनको लायन्स चोक र पोखराको पोखरा ट्रेडमलमा आयोजना हुने जनाइएको छ ।