लागुऔषधसहित एक युवती पक्राउ

मंगलबार, २० मंसिर, २०७९
डिजिटल संस्करण

कालीकोटमा लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। तिलागुफा नगपालिका– १ बाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले २८ वर्षीया सम्झना नेपालीलाई पक्राउ हो।

शंकास्पद अवस्थामा भेटिएको नेपालीको शरीर खोजतलास गर्दा लुकाएर ब्राउनसुगर ल्याउँदै गर्दा तिलागुफा नगरपालिका– १ को नाग्ममा पक्राउ गरिएको  प्रहरीले जनाएको छ। सोमबार दिउँसो शंकास्पद अवस्थामा नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुवराज बमले जानकारी दिए।

‘उनको साथबाट १२ पुरिया र घरको दराजबाट १९ पुरिया गरी जम्मा ३०.४३ ग्राम ब्राउनसुगर बरामद गरिएको छ,’ उनले भने, ‘अहिले जिल्ला प्रहरी कार्यालय कालीकोटमा राखेर थप अनुसन्धान भइरहेको छ।’
 

सुझावित समाचार