मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा दिन वसुन्धराको ‘द डालो रेस्ट्रोे’ नामक रेस्टुरेन्टसँग फुड एन्ड बेभरेजमा १० प्रतिशतसम्म विशेष छुट पाउने सम्झौता गरेको छ । बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले फुड एन्ड बेभरेजमा छुट पाउने सम्झौता गरेको हो ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न आफूले जारी गरेको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।
त्यस्तै, प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङजस्ता सुविधा दिइरहेको जनाएको छ ।