विन नेपाल लघुवित्तको एफपिओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट

मंगलबार, २० मंसिर, २०७९
डिजिटल संस्करण

 विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ रहेको साधारण सेयर प्रिमियम थप गरी गर्न लागेको सार्वजनिक सेयर निष्कासन (एफपिओ)का लागि एपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीले ५१ हजार दुई सय ९३ कित्ता सेयर एफपिओ जारी गर्न लागेको हो । निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्तबहादुर शाक्यले हस्ताक्षर गरेको जनाइएको छ । 

सुझावित समाचार