मतदानको १० दिनपछि स्याङ्जा २ मा सुरु भयो मतगणना

बुधबार, १४ मंसिर, २०७९
डिजिटल संस्करण

स्याङ्जा २ मा प्रतिनिधिसभा सदस्यका लागि ४ मंसिरमा भएको मतदानको मतगणना सुरु भएको छ । 

राजनीतिक दलहरूबीचको विवादका कारण कास्की २ मा मतगणना हुन सकेको थिएन । निर्वाचन आयोगले मंगलबार तत्काल मतगणनाअघि बढाउन निर्देशन दिएपछि आजबाट गणना सुरु भएको हो । 

६० हजार १४७ महिला र ५६ हजार ६३१ पुरुष गरी एक लाख १६ हजार ७७८ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ४ मंसिरमा ७० हजार १९१ मत खसेको छ । 

यहाँ कांग्रेस उपाध्यक्ष धनराज गुरुङ सत्तागठबन्धनबाट तथा पूर्वमन्त्री पद्मा अर्याल एमालेबाट उम्मेदवार छन् । यी दुईबीच नै मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको छ । 

सुझावित समाचार