नेप्सेसँगै खुम्चियाे कारोबार रकम

बुधबार, १४ मंसिर, २०७९
डिजिटल संस्करण

सेयर बजार बुधबार सामान्य अंकले खुम्चिएको छ। सेयर बजार परिसूचक नेप्से आज ३.५१ अंकले घटेर १९४९ दशमलव ८५ बिन्दुमा झरेको छ।  

आज माइक्रोफाइनान्सबाहेक अरू सबै समूहको सेयर ओरालो लागेको छ।  आज बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। 

आज दुई सय ३८ वटा कम्पनीको २३ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा ८४ करोड २६ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको चार करोड ७९ लाख र नबिल बैंकको चार करोड १५ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने आज लक्ष्मी इक्विटी फन्डको साढे पाँच प्रतिशत र विन नेपाल लघुवित्तको सेयर साढे चार प्रतिशतले घटेको छ। 

समग्रमा बजार घटे पनि ग्रिनलाइफ हाइड्रो र खप्तड लघुवित्तको सेयर भने चार प्रतिशतभन्दा धेरैले बढेको छ।

सुझावित समाचार