चालू आवको पहिलो तीन महिनामा भित्रिएका विद्युतीय सवारीसाधन

अंक र अर्थ

सोमबार, १२ मंसिर, २०७९
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०७९/८० को पहिलो तीन महिनामा दुई अर्ब ७० करोड ८७ लाखबराबरको विद्युतीय सवारीसाधन भित्रिएका छन् ।

उक्त अवधिमा गाडी, मोटरबाइक, स्कुटर, अटोरिक्सालगायतका सात हजार सात सय ६८ वटा विद्युतीय सवारीसाधन आयात भएको छ, जुन अघिल्लो आव ०७८/७९ को पहिलो त्रैमासको तुलनामा २७० प्रतिशत र रकमका आधारमा ८१ प्रतिशतले बढी हो ।

गत आवको पहिलो तीन महिनामा एक अर्ब ४९ करोड ९९ लाख रुपैयाँबराबरका दुई हजार एक सयवटा विद्युतीय सवारीसाधन आयात भएको थियो । 

सुझावित समाचार