सुनसरी ४ मा प्रतिनिधिसभातर्फ स्थगित मतगणना आइतबार मात्र सुरु हुने भएकाे छ। व्यवस्थापनमा धाँधली भएको भन्दै शनिबार अपराह्नदेखि स्थगित भएको मतगणना आइतबार बिहान सुरु गर्ने सहमति भएकाे हाे।
मतगणना सुरु भएदेखि नै कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियतबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। कांग्रेसका कार्कीले २३ हजार ४ सय ३९ पाएका छन् भने नेकपा एमालेका जगदीश कुसियतले २३ हजार ३ सय ४१ मत प्राप्त गरेका छन्।
झिनाे मतान्तरले अग्रता लिइरहेका कार्कीनिकट कार्यकर्ताले ६ सयभन्दा बढी मत कर्मचारीले धाँधली गरेको र व्यवस्थापनमा पनि त्रुटि भएकाे भन्दै मतगणना बहिष्कार गरेको सुनसरीका एसपी प्रभु ढकालले बताए।
एसपी ढकालका अनुसार आज समस्या समाधान गर्न बसेकाे सर्वदलीय बैठक निष्कर्षविहीन बनेपछि आइतबार बिहान पुनः सर्वदलीय बैठक बसेर सहमतिपछि मतगणना गर्ने निर्णय भएको छ।