कैलाली २ : झपट रावललाई हराउँदै नागरिक उन्मुक्तिका अरुण चौधरी विजयी

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका छन्। चौधरी २१ हजार ८७१ मत पाएर विजयी भएका हुन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर रावलले १६ हजार १२८ मत पाएका छन्। गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका भगत बडुवाल १५ हजार ११६ मतसहित तेस्रो भए।

यसअघि प्रदेश सभातर्फ जिल्लाको एक क्षेत्रमा नागरिक उन्मुक्ति र एकमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन्। प्रदेश सभा १ मा कांग्रेसका कमलबहादुर शाह र २ मा नागरिकका रामेश्वर चौधरी विजयी बनेका हुन्।

कैलालीमा प्रतिनिधिसभाका पाँचमध्ये तीन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरेको छ । त्यस्तै प्रदेश सभाका पाँच क्षेत्रमा नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका छन्।
 

सुझावित समाचार