एमालेले ६ लाख ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले कटायो तीन लाख मत

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना पनि चलिरहेको छ । मतगणनाको पछिल्लो परिणामअनुसार एमालेले ६ लाख मत कटाएको छ । 
एमाले समानुपातिकमा शीर्ष स्थानमा छ । उसले ६ लाख ७७१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेस पाँच लाख ६८ हजार ८०९ मत पाएको छ । 

तेस्रा स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले तीन लाख सात हजार मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको माओवादीले दुई लाख ७३ हजार ७९४ मत प्राप्त गरेको छ । 

सत्तागठबन्धनमा रहेको एकीकृत समाजवादीले ४० हजार ४०५ मत प्राप्त गरेको छ । 

सुझावित समाचार