म्याग्दीमा वाम-लोकतान्त्रिक गठबन्धन विजयी

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

म्याग्दीबाट प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य निर्वाचनमा वाम– लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार नेपाली कांग्रेसका जिल्ला सभापति  खमबहादुर गर्बुजा (खम्बिर) विजयी भएका छन्।  प्रदेश सभा(१) मा नेकपा माओवादी केन्द्रबाट हरि भण्डारी र प्रदेश सभा (२) मा माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली (सुविन)विजयी भए । 

नेपाली कांग्रेसका सभापति गर्बुजाले नेकपा एमालेका उमेद्वार हरीकृष्ण श्रेष्ठलाई तीन हजार ८ सय ३२  मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।  गर्बुजाले २४हजार २१ र श्रेष्ठले २० हजार एक सय ८९ मत प्राप्त गरे । त्यस्तै प्रदेश क्षेत्र (१) मा नेकपा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष समेत रहेका ३७ वर्षीय युवा नेता हरी भण्डारी विजयी भए ।

भण्डारीले नेकपा एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाललाई नौ सय ७५ मतान्तरले पराजित गर्दै विजयी भएका छन् ।  भण्डारीले १२ हजार ७ सय ४० र कटुवालले ११ हजार ७ सय ६५ मत प्राप्त गरे । 
 

सुझावित समाचार