कालीकोट प्रदेशसभामा माओवादीका रावत निर्वाचित

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

कालीकोटको प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रका दुर्गबहादुर रावत विजयी भएको छन् । रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुर्मराज शाहीलाई एक हजार ५९ मतान्तरले परााजित गरेर विजयी  भएका हुन् ।

रावतले नौ हजार ११ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शाहीले  सात हजार ९५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ । 

प्रदेशसभा ‘क’ मा ३५ हजार ३५१ मतदातामध्ये १९ हजार ९३१ मत खसेको जिल्ला मुुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए । तेस्रो स्थानमा आएका राप्रपाका उम्मेदवार सुर्यबहादुर शाहीले एक हजार ७१ मत प्राप्त गरेका थिए ।
 

See More On

सुझावित समाचार