पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार गुप्ता निर्वाचित भएका छन् । गुप्ताले २४ हजार २ सय ६० मत पाएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी २४ हजार १ सय ९ पाए ।
गुप्ताले निकटतम प्रतिद्वन्द्वी चौधरीलाई १ सय ५१ मतको झिनो मतान्तरले पराजित गरेका हुन् । गुप्ता ०७४ सालको निर्वाचनमा तत्कालिन समाजवादी पार्टीका हरिनारायण रौनीयारसंग पराजित भएका थिए ।