काठमाडौं उपत्यकाका प्रतिनिधिसभातर्फका १५ सिटमध्ये १२ सिटको नतिजा सार्वजनिक भएको छ । भक्तपुरका २ सिट र ललितपुरको १ सिटको नतिजा आउन बाँकी छ । यस्तै, प्रदेश सभातर्फको ३० सिटमध्ये ६ सिटको नतिजा आएको छैन ।
काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ६, ७, ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । क्षेत्र नम्बर ६ मा निर्वाचित खनालले प्राप्त गरेको मत १४ हजार दुई सय चार छ । उनका निकटतम प्रतिस्पर्धी एमालेका सर्वेन्द्र खनालले आठ हजार नौ सय ११ र कांग्रेसका भीमसेनदास प्रधानले आठ हजार आठ सय पाँच मत प्राप्त गरेका थिए ।
क्षेत्र नम्बर ७ मा निर्वाचित पराजुलीले आठ हजार सात सय ४३ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका श्यामकुमार घिमिरेले ६ हजार आठ सय मत पाएका थिए । माओवादीकी उम्मेदवार अस्मिता मानुषी यमीले ६ हजार ६३ मत प्राप्त गरेकी थिइन् । काठमाडौं ८ मा निर्वाचित श्रेष्ठले १० हजार एक सय पाँच मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले पाँच हजार आठ सय ८९ मत ल्याएका थिए ।
काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल, १ मा प्रकाशमान सिंह, ४ मा गगन थापा, ३ मा सन्तोष चालिसे निर्वाचित भएका छन् । काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र १० मा कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् ।
प्रदेश सभातर्फ कहाँ कसको विजय ?
काठमाडौं :
कांग्रेस : काठमाडौं १ (क) मा दिपेन्द्र श्रेष्ठ, (ख)मा सुरजचन्द्र लामिछाने, काठमाडौं ३ (क) मा छिरिङ दोर्जे लामा, (ख) मा मिलन ठकुरी, काठमाडौं ४ (क) मा श्रीराम लामिछाने निर्वाचित छन् । त्यस्तै काठमाडौं ६ (क) मा हरिप्रभा खड्गी, काठमाडौं १० (क) मा पुकार महर्जन विजयी भएका छन् ।
एमाले : काडमाडौं ४ (ख) मा जयराम थापा, काठमाडौं ६ (ख) मा अमनकुमार मास्के, काठमाडौं ७ (ख) मा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।
एकीकृत समाजवादी : काठमाडौं ७ (क) मा वसन्तप्रसाद मानन्धर, काठमाडौं १० (ख) रमा आले विजयी ।
राप्रपा : काठमाडौं ९ मा (क) नुरज बज्राचार्य, काठमाडौं २ (क) मा सुनील केसी र (ख) मा राजु विष्ट निर्वाचित भएका छन् ।
ललितपुर :
एमाले : ललितपुर १ (क)मा मधुसुदन पौडेल, ललितपुर २ (क) मा रामेश्वर श्रेष्ठ निर्वाचित भएका छन् ।
कांग्रेस : ललितपुर १ (ख) मीनकृष्ण महर्जन, ललितपुर २ (ख)मा रामकृष्ण चित्रकार निर्वाचित ।
भक्तपुर :
कांग्रेस : भक्तपुर १ (क) सुरेश श्रेष्ठ