सर्लाही क्षेत्र नम्बर ३(ख) मा जनता समाजवादीका संजय यादव विजयी भएका छन् । यादव १३ हजार एक सय ९० मतसहित विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सरोज रायलाई चार हजार ८ सय ४२ मतले पछि पारे ।
स्वतन्त्र उम्मेदवार रायले ८ हजार तीन सय ४८ मत मात्र प्रप्त गरे । यस्तै नेपाली कांग्रेसका हरेश महतो ८ हजार ३५ मतसहित तेस्रो स्थानमा रहे । मत गणनामो अधिकांश यादवलाई पच्छ्याएका महतो अन्तिम नतिजामा तेस्रो स्थानमा पुगेका हुन् ।