डोल्पामा निर्वाचन सकिएको चार दिनपछि मतगणना सुरु

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

डोल्पामा निर्वाचन सकिएको चार दिनपछि मतगणना सुरु भएको छ। बुधबार जिल्लाका ६८ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुर्याएसँगै साँझ साढे ५ देखि मतगणना सुरु गरिएको हो।

अहिले ठुलीभेरी नगरपालिका १ र २ को मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। दिनरात निरन्तर मतगणना हुने भएकाले जतिसक्दो छिटो नतिजा निकालिने कार्यालयको दाबी छ।

डोल्पामा रहेका कुल २२ हजार ७७४ मतदातामा १७ हजार ८३४ मत खसेको थियो। डोल्पामा एक प्रतिनिधिसभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ।

सुझावित समाचार