बर्दिया निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क)मा नेपाली कांग्रेसका भुवनेश्वर चौधरी विजयी भएका छन्। नेकपा एमालेका सालिकराम अधिकारीलाई ११९ मतान्तरले पछि पार्दै चौधरी विजयी भएका हुन्।
चौधरीले १७ हजार २६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अधिकारीले १६ हजार ९०७ मत प्राप्त गरेका छन्। त्यस्तै नागरिक उन्मुक्ति पार्टीका खेमबहादुर थारुले ११ हजार ९०१ मत प्राप्त गरेका छन्। विजयी चौधरी यसअघि लुम्बिनी प्रदेश सभामा समानुपातिकतर्फका सांसद थिए।