निर्वाचनको ४ दिनपछि मतपेटिका सदरमुकाम ल्याइयो

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

आमनिर्वाचन सम्पन्न भएको चार दिनमा हुम्लाको सर्केगाड गाउँपालिकाबाट मतपेटिका सदरमुकाम सिमकोट ल्याइएको छ।

सर्केगाडका मतदान केन्द्रमा थन्किएर बसेका १३६ मतपेटिका आज बुधबार नेपाली सेनाको हेलिकप्टरबाट सदमुकाम सिमकोट पुर्‍याइएको हो।

जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाका अनुसार हुम्लाको मतगणना आज बेलुका ७ बजेबाट हुने भएको छ।

तस्बिरहरू : नरजन तामाङ/नयाँ पत्रिका 

See More On

सुझावित समाचार