रुकुम पूर्व प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती विजयी भएका छन्।
घर्तीले एमालेका कैलाशकुमार मल्ललाई ७ हजार ५१ मतान्तरले हराएका हुन्। घर्तीले १२ हजार २६२ मत पाउँदा मल्लले ५ हजार २११ मतमा चित्त बुझाए।
स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्रीले ८९६, राप्रपाका खिमबहादुर खत्रीले ५८६, मंगोल नेशनल अर्गनाइजेसनका रतनबहादुर बुढाले ४६४ र नेश्नलिष्ट पिपल्स पार्टीका बलबहादुर बुढाले ३०३ मत पाए।