दैलेख १ मा एमाले उम्मेदवार शर्माको अग्रता कायमै

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

दैलेख निर्वाचन क्षेत्र नं १ मा एमाले उम्मेदवार रविन्द्रराज शर्माले अग्रता  कायम राखेका छन्। शर्माले १३ हजार तीन सय ५१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी  अमरबहादुर थापाले १३ हजार १०८ मत ल्याएका छन्। थापा एकीकृत समाजवादीका उम्मेदवार हुन्। 

उनीहरुसँगै चुनावी मैदानमा उत्रिएकी राप्रपा उम्मेदवार कुन्तीकुमारी शाहीले तीन हजार ६८९ मत ल्याएकी छिन्। उक्त निर्वाचन क्षेत्रमा हालसम्म ३१ हजार ३४० मत गणना भइसकेको छ।

See More On

सुझावित समाचार