मुगुमा प्रतिनिधिसभातर्फको मतगणना बिहान साढे ८ देखि जारी छ। एक हजार ८ मत गणना गर्दा नेपाली कांग्रेसका ऐनबहादुर शाही ६३ मतले अघि छ्न्।
शाहीले ५१३ मत ल्याउँदा एमालेका राजबहादुर कार्कीले ४५० मत प्राप्त गरेका छ्न्। जिल्लाका ६६ मतदान केन्द्रमध्ये यतिबेला ४ वटा मतदान केन्द्रको मतगणना जारी छ।
७४.५९ प्रतिशत मत खसेको मुगुमा प्रतिनिधिसभातर्फको मतगणना सकिएपछि प्रदेशतर्फको सुरु गरिने मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लामा प्रतिनिधिसभातर्फ एक र प्रदेश सभातर्फ दुई सिट रहेका छ्न्।