लमजुङमा झन्डै आधा गणना सकियो, मतान्तर घटाउँदै माओवादीका गुरुङ

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको लमजुङमा करिब आधा मतगणना सकिएको छ। त्यहाँ खसेको कुल ८० हजार ९१७ मतमध्ये अहिलेसम्म ३५ हजार ८८५ मत गनेर सकिएको छ।

यस क्षेत्रमा माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ चुनावी मैदानमा छन्। सुरुवातदेखि पछि परेका माओवादीका गुरुङले मंगलबार दिउँसोदेखि मतान्तर घटाउन थालेका छन्। एमाले उपमहासचिव गुरुङले १६ हजार २८५ मत ल्याएर अग्रता कायम राख्दा माओवादीका महासचिव गुरुङले १४ हजार ८९७ मत ल्याएका छन्।

मंगलबार साँझसम्म आइपुग्दा उनी एमाले उम्मेदवार गुरुङसँग एक हजार ३८८ मतले पछि परेका छन्। यसअघि मंगलबार बिहानसम्म गुरुङ एक हजार ९०९ मतले पछि थिए।

सुझावित समाचार