ओलीलाई करिब ८ हजार मतको अग्रता

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

झापा क्षेत्र नं ५ मा एमाले अध्यक्ष केपी ओलीले अग्रता कायम राखेका छन्। ओली सत्तागठबन्धनका उम्मेदवार भन्दा करिब ८ हजार मतले अघि छन्।

एमाले अध्यक्ष ओलीले १८ हजार ६७१ मत ल्याउँदा कांग्रेसका डा. खगेन्द्र अधिकारीले १० हजार ९१२ मत पाएका छन्। यस क्षेत्रमा एक लाख दुई हजार १५० मत खसेकोमा अहिलेसम्म ३४ हजार ८०३ मत गणना भएको छ।

See More On

सुझावित समाचार