दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेखा शर्माले आफ्नो मतान्तर बढाएकी छन्।
२० हजार ६७८ मत गणना हुँदा रेखाले ८ हजार ६१६ मत प्राप्त गरेकी छन् भने एमाले महासचिव शंकर पोखरेलले ६ हजार ८०८ मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर एक हजार ८०८ रहेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए।
रेखाले सुरुवातदेखि नै अग्रता लिएकी थिइन्। क्षेत्र नं. २ मा एक लाख ३३ हजार ७४८ मतदातामध्ये ७९ हजार ४४६ मत खसेको थियो। क्षेत्र नं. २ को जिल्ला समन्वय समिति दाङको हलमा मतगणना भइरहेको छ।