अर्घाखाँचीमा टोपबहादुरकाे अग्रता कायमै, पछ्याउँदै पुष्पा

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणामअनुसार रायमाझीले सात हजार चार सय ४५ मत ल्याएका छन् भने उनलाई नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले पाँच हजार एक सय ८६ मतसहित पछ्याइरहेकी छिन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिप्रसाद भुसालले तीन सय ३१ मत प्राप्त गरेका छन् ।  

सुझावित समाचार