कास्की १ मा एमालेका गुरुङ अगाडि

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन् । ६ हजार सात सय ५० मतगणना हुँदा एमालेका मनबहादुर गुरुङ तीन हजार चार सय १२ मतसहित अगाडि छन्।

कांग्रेसका किशोरदत्त बरालले दुई हजार ६ सय २४ मत ल्याएर गुरुङलाई  पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईको दुई सय ११ मत छ ।

सुझावित समाचार