कांग्रेस महामन्त्री शर्माको अग्रता कायमै, एमालेका अग्नी खरेल तीन हजार ८५ मतले पछाडि

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुरुवाती अग्रता लिएको अग्रता कायमै राखेका छ । झापा निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका अग्नी खरेलसँग प्रतिस्पर्धा गरेका शर्माले सुरुवातीदेखि नै अग्रता लिइरहेका हुन् ।

१२ हजार सात सय ९४ मत गणना हुँदा शर्माले खरेललाई तीन हजार ८५ मतले पछाडि पारेका छन् । शर्माले ६ हजार ७९३ मत पाउँदा खरेलले ३ हजार ८ मत मात्र पाएका हुन् ।

यो क्षेत्रमा झापामा सबैभन्दा बढी ७२ दशमलव ६० प्रतिशत मत खसेको थियो । यहाँ ८७ हजार ३९६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सुझावित समाचार