बर्दिया १ मा कांग्रेस र उन्मुक्ति पार्टीको टक्कर, २ मा फराकिलो मतान्तरसहित स्वतन्त्रको अग्रता

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबीच तीव्र प्रतिस्पर्धा भएको छ।

पछिल्लो मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार संजय गौतमले एक हजार एक सय ४५ मत ल्याएका छन् भने  नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारूले एक हजार एक सय ३७ मत ल्याएका छन्।

त्यस्तै, एमालेका उम्मेदवार लक्ष्मण ज्ञवालीले नौ सय १० मत ल्याएका छन्। त्यस्तै, बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी तीन हजार चार सय ३६ मतसहित अग्रस्थानमा छन्।

एक हजार नौ सय १० मतसहित गठबन्धनका उम्मेदवार सुरेश पन्तले चौधरीलाई पछ्याइरहेका छन्। एमालेका उम्मेदवार पंकजसिंह राठौरले एक हजार दुई मत ल्याएका छन्। 

See More On

सुझावित समाचार